सामान्य बन्दै हवाई उडान

काठमाडाैं | असोज २२, २०८१

सामान्य बन्दै हवाई उडान

बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडान चाप विस्तारै सामान्य बन्दै गएको छ ।

 

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि विकल्पका रुपमा रहेको हवाई उडानमा अत्यधिक चाप भएको थियो ।

 

पछिल्ला दिनमा विभिन्न नाका भएर काठमाडौँ भित्रिने र बाहिरिने सडक सञ्जाल पुनःसञ्चालनमा आउनथालेपछि हवाई उडान पनि सामान्य बन्दै गएको हो । मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले हवाई उडान सामान्य रूपमा सञ्चालन भइरहेको छ । बाढी, पहिरोलगायत विपत्तिका घटनाले सङ्घीय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रुको चाप बढेको थियो ।

 

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप भएको थियो । उडान चाप र यात्रु बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भीडभाड देखिन्थ्यो ।

 

अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमबार एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ हवाई उडान भए । ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका थिए ।

 

आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँचसय अहिले उडान सामान्य बन्दै गएपछि विस्तारै भीडभाड कम हुँदै गएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उडान चाप र यात्रु सङ्ख्या बढे पनि केही दिनअघि जस्तो भीडभाड नरहेको बताउनुभयो ।

 

“उडान चाप र यात्रुको सङ्ख्या त उस्तै, छ, तर, अघिल्लो दिन जस्तो अत्यधिक चाप र भीडभाड छैन”, उहाँले भन्नुभयो । प्रवक्ता शेर्पाका अनुसार यही असोज १३, १४, १५ र १६ गते उडान चाप थियो ।

 

पछिल्लो तीन दिनमा उडान सङ्ख्या केही कम भएको छ । विमानस्थलको विवरणमा यही असोज १९ गते दुईतर्फी दुई सय ९९, असोज २० गते तीन सय १८ र २१ गते तीन सय छ उडान भएको छ ।

 

यो हेलिकप्टरबाहेकको उडान सङ्ख्या हो । अन्तर्राष्ट्रियतर्फ पनि उडान सामान्य अवस्थामै सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्